Print

‘तराईलाई टुक्राउने प्रत्यन्न हुँदैछ’–प्रधानमन्त्री दाहाल

१३ माघ, पर्वत । प्रधानमन्त्री पुष्पकमल दाहालले तराईलाई टुक्राउने प्रयत्न हुन लागेको बताएका छन । प्रदेश नम्बर ५ का केहि जिल्लालाई ४ नम्बर प्रदेशमा राख्दैमा देश नटुक्रने दाबी गर्दै प्रधानमन्त्री दाहालले केहि शक्ति तराईलाई टुक्रा टुक्रा पार्ने दाउँमा लागेको आरोप लगाएका हुन ।
पर्वतको कु्श्मामा आयोजीत पाँचौ पर्वत महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचनको आवश्यकता रहेको बेला संविधान संसोधनको विरोध गर्ने नाउँमा केहि शक्तिहरु तराईलाई टुक्राउन लागेको आरोप लगाए । महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निर्वाचन सम्बन्धि विधेयक ल्याउन समस्या सृजना गरेका कारण निर्वाचनको मिति पछाडी धकलिएको भन्दै तराई मधेसलाई विश्वासमा लिएर जानुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनको सुनिश्चितताको लागि सवैलाई विश्वासमा लिएर जानुपर्ने अवस्था रहेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले आर्थिक विकासलाई गति दिनका लागि पनि निर्वाचन आवश्यक रहेको बताउदै देशमा केहि शक्तिले राजनैतिक स्थिरता हुन नदिने अवस्थामा सवै राजनैतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । नेपाली जनताको एकतालाई खलबलाउन केहि शक्ति लागेको भन्दै संघिय लोकतान्त्रीक संविधानलाई कार्यान्वयन गर्नु नै देशको पहिलो आवश्यकता रहेको बताए । देशमा अर्को कुनै खालको आन्दोलनको अर्थ नरहेको भन्दै आर्थिक सम्बृद्धिका नै देशको प्रमुख आवश्यकता रहेको दोहोराउदै प्रधानमन्त्री प्रचण्डले अव राजनैतिक स्थिरता र निर्वाचनको वातावरण बनाउन सवै दल मिल्नुको विकल्प नरहेको बताए ।
प्रधानमन्त्री दाहालले आगामी माघ ७ गतेसम्म तिन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने सरकारको पहिलो काम रहेको बताउँदै निर्वाचन समयमा गर्न नसक्दा राजनैतिक अप्ठयारो आउन सक्ने बताए । सवैलाई समेटेर मात्रै स्थानीय तहको निर्वाचनमा जान सरकार तयार रहेको समेत प्रधानमन्त्री दाहालले बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस