Print

मोदीको बजेट पारित


२६ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट सर्वसहमत पारित भएको छ । आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट गाउँ सभाको दोस्रो वैठकले असार १० गते प्रस्तुत भएको बार्षिक बजेट पारित गरेको हो ।

गाउँ सभामा उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको बजेट उपर गाउँ सभा सदस्यहरुले आफ्नो राय राखेका थिए । गाउँ सभा सदस्यहरुले राखेको राय उपर उपाध्यक्ष लामिछानेले गाउँ सभाको दोस्रो बैठकमा प्रतिउत्तर दिएका थिए । गाउँ सभामा प्रस्तुत भएको आगामी आर्थिक बर्षको ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैया बराबरको बजेट गाउँ सभाले पारित गरेको हो ।

यसैग वीच गाउँ सभामा प्रस्तुत भएको विनियोजन ऐन २०८१ र खानेपानी सरसफाई ऐन तथा सार्वजनिक नीजि साझेदारी ऐन समेत गाउँ सभाबाट सर्वसहमत पारित भएको गाउँ पालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् ।