१८ फागुन, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह लोगो बनाउने भएको छ । गाउँपालिका कार्यान्वयनमा आएको ८ वर्षपछि आफ्नै लोगो बनाउने भएको हो । पालिकाले गाउँपालिको पहिचान झल्किन खालको आकर्षक लोगो निर्माण गर्न आव्हान समेत गरेको छ । पालिकाले सुचना जारी गर्दै आकर्षक लोगो बनाउनेलाई दश हजार रुपैंया पुरस्कार दिने घोषणा समेत गरेको छ ।
गाउँपालिकाले बिहीवार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य समावेश गर्नुपर्ने सुचनामा उल्लेख गरेको छ ।
यहि फागुन २३ गतेभित्र लोगो बनाएर खामबन्दी मार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले दश हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले जानकारी दिए ।




