Print

कार्य सम्पादन मूल्यांकनमा पर्वत महाशिला पहिलो, फलेवास कमजोर


९ फागुन, पर्वत । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नजिता अनुसार पर्वत जिल्ला भित्र महाशिला गाउँपालिका पहिलो बनेको छ । जिल्ला भरका ७ पालिका मध्ये सवैभन्दा धेरै अंक ल्याउदै महाशिला गाउँपालिका पहिलो बन्दा फलेवास नगरपालिका भने सवै भन्दा कान्छो बनेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महाशिलाले कुल ४८.१७ अंक प्राप्त गरेको छ भने फलेवास नगरपालिकाले सवैभन्दा कम ११.९३ अंक प्राप्त गरेको छ । कुल ७६ पूर्णांकमा यस्तो परिणाम आएको हो ।

यसैगरी अन्य पालिकाहरु मध्ये पैयूले ३५.७८ र बिहादीले ३४.५ अंक प्राप्त गरेका छन् । जिल्लाको जलजला गाउँपालिकाले २९.२८ अंक प्राप्त गर्दा मोदीले २०.८१ र कुश्मा नगरपालिकाले १७.६५ अंक प्राप्त गरेका छन् ।

कार्य सम्पादन मूल्यांकनका विभिन्न १४ वटा सुचकका आधारमा आयोगले यस्तो विवरण सार्वजनिक गर्दछ । प्रारम्भिक उक्त विवरणमा थपघट केहि भए पालिकाले दावी विरोध समेत गर्न पाउन्छन् । पर्वत जिल्लामा बहुमत नाउँमा विभिन्न गाउँपालिकाहरुमा राजनैतिक दलहरुको खिचातानीका कारण नगर तथा गाउँ सभाहरु समयमा हुन नसक्दा कतिपय स्थानीय तहको अंक भार कम आएको छ ।