८ फागुन, पर्वत । पर्वत प्रहरीले इजाजत पत्र बिनाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार राती १०।३० बजेको समयमा कुश्मा नगरपालिका ७ खरेहामा ग १ ज ३८१ नं को ट्याक्टमा २१ थान काठको गोलिया सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले काठ सहितको ट्याक्टर चालक कुश्मा नगरपालिका १ बस्ने बिक्रम नेपालीलाई पक्राउ गरेको छ । उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खुमलाल भुसालले जानकारी दिए ।
जिल्ला वन कार्यालय पर्वतका प्रमुख झ्यामलाल सापकोटाले काठ सहितको ट्याक्टर नियन्त्रणमा आएको तर आवश्यक कारबाहीका लागि प्रक्रिया चलिरहेको जानकारीदिए ।




