Print

‘आर्थिक मन्दीले दशैं खल्लो’


६ कार्तिक, पर्वत । नेपालीहरुको सांस्कृतिक पर्व मध्येको ठूलो पर्व नेपालीहरुले यति बेला मनाईरहेका छन् । विजयादशमी अर्थात दशैं पर्वलाई नेपालीहरुले हर्षउल्साहपूर्ण तरिकाले मनाउने गर्दछन् । यो पर्वमा बर्ष भरी कै लामो सरकारी विदा समेत हुने गर्दछ । दशै पर्वको महाअष्टमीको दिनमा पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले भने यस बर्षको दशै आर्थिक मन्दीका कारण खल्लो भएको बताएका छन् ।

‘देशमा आर्थिक मन्दी छ, यो बेलाको दशै स्वभाविक रुपमा नेपालीहरुको लागि खल्लो छ ।’ प्रतिनिधि सभाका सांसद पदम गिरीले भने ब्यवसायीले ब्यवसाय टाट पल्टेको घोषणा गरीसकेका छन् । यस्तो बेलाको दशै स्वभाविक रुपमा खल्लो भएको गिरीको दावी थियो ।

प्रतिनिधि सभाका पूर्व सांसद अर्जुन जोशीले सकारात्मक सोच र भावना लिएर दशैँ मनाउन आग्रह गरे । उनले देशमा आर्थिक मन्दीको प्रभावका कारण कतिपय मानिसहरुमा वितृष्णाभाव जागीरहेको उनले जिकिर गरे । आर्थिक मन्दीकै कारण सामाजिक सञ्जालहरुमा पनि नकारात्मक भावनाहरु प्रकट हुने गरेको जोशीको भनाई थियो । उनले अंकगणितमा किटान गर्दै भने–नकारात्मक लेख्नेको संख्या ८० प्रतिशत छ । देशका पछिल्लो समयमा आर्थिक अवस्था कमजोर बन्दै जाँदा राजनीति प्रति नै मानिसहरुको नकारात्मक भावना जागृत हुँदै गएको जोशीको टिप्पणी थियो । उनले राजनीति प्रतिको वितृष्णा भावले राम्रा मान्छेहरु राजनीतिमा प्रवेश नगर्ने खतरा बढेको समते संकेत गरे ।

अर्का प्रतिनिधि सभाका पूर्व सांसद विकास लम्सालले पर्यटन क्षेत्रको विकास मार्फत वर्तमान आर्थिक समस्या समाधान गर्नुपर्ने धारणा राखे । उनले देशमा पर्यटनको प्रचुर सम्भावना भए पनि त्यसको प्रयोग उचित रुपमा हुन नसकेको भन्दै दुःख ब्यक्त गरे । गण्डकी प्रदेशका पूर्व पर्यटन मन्त्री समेत रहेका लम्सालले दशैँलाई उत्सवको पर्वको रुपमा मनाउने सुझाब दिदै भाईचाराको भावनालाई दशैंले अझै धेरै परिकृष्त गर्नुपर्ने सुझाब राखे ।

प्रदेश सभाका सांसद भक्त कुँवरले भने देशमा गणतन्त्र धरापमा पार्ने प्रयास भएको भन्दै त्यसको सामाना गर्न सवै लाग्नुपर्ने धारणा राखे ।

जिल्लाका बहालाला प्रतिनिधि सभाका सांसद पदम गिरी र प्रदेश सभा सांसद भक्त कुँवरले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना कार्यक्रमका बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रमको सञ्चालन गर्दै पर्वत अस्पताल विकास समितिका पूर्व अध्यक्ष युवा नेता गोविन्द पहाडीले आर्थिक मन्दीमा पनि रमाइलो गरेर दशै मनाउने नेपालीको बाध्यता रहेको उल्लेख गरे । उनले पनि सकारात्मक भावना जागृहत गराउँदै दशैँलाई पारिवारिक मिलनको पर्व बनाउनुपर्नेमा जोड दिए ।