६ असोज, पर्वत । आइतबार साँझ पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटना छ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
रानी महल जादै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्कारपियो जिप जीप बैकुण्ठे पहाडबाट बराङदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेको परिचय नखुलेको पाल्पा प्रहरीले जनाएको छ ।घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्वारका लागि खटिएको छ ।
मृतक तथा घाइतेहरुको विवरण





