Print

तमादीखोला बाढी : माधबको शव स्याङ्जाको मिर्मिमा भेटियो


१६ असोज, पर्वत । पर्वत पर्वतको कुश्मा नगरपालिका वडा नम्बर७ खरेहा र वडा नम्बर ८ चुवाको बिचमा रहेको
तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका मध्ये थप एक जनाको शव भेटिएको छ । कास्कीको अन्नपुणर् गाउँपालिका वडा नं. ३ नौडाँडाका २७ वर्षिय बिजय भन्ने माधव पौडेलको शव भेटिएको हो । स्याङ्जाको गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक केशब केसीले जानकारी दिए।


शव भेटिएको खबर पाएसँगै परिवार र आफन्तहरु मिर्मितर्फ हिडेको उमले बताए । उनिहरु पुगेपछि थप पहिचान हुने र यकिन
भएपछि परिवारलाई बुझाईने केसीले बताए ।

घटनामा परेका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षिय गोपाल बस्यालको भने सोहि दिन शव फेला परेको थियो । वेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका वडा नं. ३ इदिका ५१ वर्षिय डम्वर बहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको छ । घटनास्थलमा सुरक्षाकर्मीले खोजी कार्य भने जारी राखेको प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिए ।


बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजेतीर बाढीले बगाउँदा तीन पुरुष सहित गाडी समेत वेपत्ता भएको थियो । खोलामा बाढिले ल्याएको ढुंगा पन्छाउने क्रममा जीप बगाएको हो
पत्रकार लछमण सापकोटाले लेख्नुभएको समाचार