१६ असोज, पर्वत । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी कुश्मा शाखा पर्वतले अभिकर्ताहरुलाई सम्मान गरेको छ । गत आर्थिक वर्षमा उत्कृष्ठ कारोबार गर्ने मध्येका अभिकर्तालाई सम्मान गरिएको हो ।
आफ्नो कोड मार्फ धेरै कारोबार गर्नेमा प्रथम भएका सफल अधिकारी, दित्तिय भएका नवराज गिरी र तृतिय भएका लीलाधर अधिकारीका साथै समग्रमा उत्कृष्ठ हुने अभिकर्ता नइन्द्रबहादुर क्षेत्री, विश्वबन्धु प्रसाई ठकुरीलाई कम्पनीले सम्मान गरेको छ ।
कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बिना लगानी बीमा बाट अभिकर्ताले फाईदा लिन सक्ने र बीमितले दुर्घटनाको जोखिम सहज रुपमा समाधान गर्न सक्ने भएकाले बीमाको महत्व रहेको बताए ।
कार्यक्रमका अध्यक्ष एबं कुश्मा शाखाका प्रमुख संजय केसीका अनुसार बीमा व्यवसायको लागि यो क्षेत्र उर्वर एवं फराकिलो रहेकोले मिहेनत गर्नेहरुलाई प्रर्याप्त अवसर रहेको बताए । सहभागीको तर्फबाट विश्वबन्धु प्रसाई ठकुरीले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी राष्ट्रिय वाणिज्य बैंकको लगानीमा खुलेको पहिलो नीजि क्षेत्रको बीमा कम्पनी रहेको बताए ।
पर्वतको कुश्मा स्थित रोयल कुश्मा रिसोर्टमा भएको उक्त कार्यक्रमको सञ्चालन एजेन्सी म्यानेजर नवराज गिरी, स्वागत एजेन्सी म्यानेजर विश्वबन्धु प्रसाई ठकुरी र कुश्मा शाखाका प्रमुख संजय केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




