Print

पर्वत कारागारका १० जनालाई कैद मिनाह


४ असोज, पर्वत । विभिन्न कसुरमा अदालतबाट आरोप प्रमाणीत भएर जेल जीवन विताएका पर्वत कारागारका १० जना कैदीको रिहा भएको छ । संविधान दिवसको अवसरमा सरकारले ती कैदीहरुलाई रिहा गरेको पर्वत कारागारले जनाएको छ ।

रिहाइ हुने पर्वत जलजलाका कृष्णबहादुर नेपाली, मोदीका भिमबहादुर घर्ति क्षेत्री, महाशिलाका अशोक नेपाली, वीरबहादुर गुरुङ, सागर नेपाली, पैयूका राजन लामा, बमबहादुर क्षेत्री, विहादीका डिलबहादुर नेपाली छन् ।

यसैगरी बागलुङ गल्कोटका शंकर खत्री, बागलुङका सागर सापकोटा पनि सोहि अवसरमा रिहा भएको पर्वत कारागारले जनाएको छ ।

हातहतियार, ज्यान मार्ने उद्योग र चोरी घटनाका दोषीहरुलाई सरकारले संविधान दिवसको दिनमा कैद माफी दिएको हो ।