Print

अखिल नेपाल किसान महासंघ पर्वतमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल चयन

२६ भदौ, पर्वत । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सिर्जन पौडेलको अध्यक्षतामा नयाँ कमिटिको गठन गरेको छ ।

सदरमुकाम कुश्मा बजारमा भएको अधिवेशनमा जिल्लाका ६१ वडाका १८३ जना प्रतिनिधिहरु सहभागी थिए । सर्वसहमत चयन भएको नेतृत्वको उपाध्यक्षमा बालकुमारी पौडेल र यामबहादुर केसी चयन भएन भएका छन् ।

यसैगरी सचिवमा कृष्णप्रसाद तिवारी, कोषाध्यक्षमा सुरज मल्ल, उप सचिवमा उमालाल नेपाली र एकबहादुर केसी चयन भएका छन् ।

एमाले जिल्ला पाटी कार्यालयमा सम्पन्न अधिवेशनले सदस्यहरुमा धर्मदत्त शर्मा, शिवप्रसाद पौडेल, कृष्ण कुमारी पौडेल, गंगा पौडेल, गिरिजा प्रसाद शर्मा, देवी बहादुर क्षेत्री, गीता क्षेत्री चयन भएका छन् ।

यसैगरी सदस्यहरुमै दलबहादुर क्षेत्री, लोकबहादुर गुरुङ, कल्पना पौडेल, रुप नारायण उपाध्याय, पूर्णकला बस्याल, मोतीलाल न्यौपाने, भिमबहादुर दमाई र गोमा सापकोटा चयन भएका छन् ।