Print

मोदी गाउँपालिकाले शुरु गर्यो श्रम स्वीकृति सेवा

२५ भदौ । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌।
सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ ।
श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् ।
पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी कुल बहादुर हमाल लाई प्रदान गरिएको छ ‌। बैदेशिक रोजगारीका लागि पुन श्रम स्वीकृत प्रदान गरि सेवा केन्द्र मार्फत श्रम स्वीकृत दिने कार्यको थालनी गरिएको हो । स्थानिय तहहरू मार्फत श्रम स्वीकृति लिन सकिने गरी सरकार ले निर्णय गरेपछि मोदीले पहिलो स्विकृती प्रदान गरेको रोजगार संयोजक क्षेत्रीले जानकारी दिए ।