Print

मोदीको चित्रेमा मेलमिलाप सम्बन्धि ८ दिने तालिम शुरु


२२ भदौ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको पर्यटकीय गाउँ चित्रेमा मेलमिलाप सम्बन्धि ८ दिने तालिम शुरु भएको छ । तालिमको एक कार्यक्रमका वीच पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका छन ।

तालिमको उद्घाटन गर्दै गाउँ वस्तीहरुमा हुने झै झगडाहरुलाई मेलमिलापको नीति मार्फत अगाडि बढाउनका लागि मेलमिलापकर्ताहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने सांसद गिरीले बताए । कार्यक्रममा मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले मेलमिलापको नीति मार्फत विवादहरुको समाधान गर्ने स्थानीय तहको प्रयासमा मेलमिलापकर्ताहरुले सहजीकरण गर्नुपर्ने धारणा राखिन । गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले पालिकासम्म आउने विवादहरुको समाधान स्थानीय स्तरमा हुँदा राम्रो हुने भएकाले गाउँ वस्ती स्तरमा नै मेलमिलापको नीतिलाई सफल बनाउनुपर्ने बताए ।

सहजकर्ता ममता शर्माले तालिममा सिकेको बिषयवस्तूलाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने सुझाब तालिम उद्घाटन शत्रमा राखिन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले तालिमको उद्घाटन शत्रको सञ्चालन गरेका थिए । वडा न ८ चित्रेका वडा अध्यक्ष सुकबहादुर गुरुङले तालिमका सहभागीहरुलाई स्वागत गरेका थिए । २१ गते देखि शुरु भएको तालिम आगामी भदौ २८ गतेसम्म सञ्चालन हुन्छ ।