Print

कुश्मामा दुई दिवसीय ब्याडमिन्टन प्रतियोगीता शुरु

९ भदौ, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा दुई दिवसीय ब्याडमिन्टन प्रतियोगीताको शुरु भएको छ । स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता कुश्मा बजारमा शुरु भएको हो । प्रतियोगीताको एक कार्यक्रमका वीच मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानले उद्घाटन गरेका छन् । प्रतियोगीताको उद्घाटन गर्दै लामिछानेले अस्पताल बनाउनु पूर्व राज्यले खेल मैदानहरु निर्माण गर्नुपर्ने धारणा राखे । उनले खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्दा नै देश विकासमा सहयोग पुग्ने विचार ब्यक्त गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका सामाजिक विकास प्रमुख तथा वडा न ६ का वडा अध्यक्ष इश्वर गिरी, प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपाानेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पर्वत मोदीकाली ब्याडमिन्टन संघका अध्यक्ष सुनिल भुषाल र सञ्चालन इन्द्रप्रसाद शर्माले गरेका थिए ।

शुक्रबार देखि शुरु भएको खेल शनिवार सम्पन्न हुनेछ । प्रतियोगीतामा ६६ वटा समूहहरु सहभागी भएका छन् । पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा सञ्चालन भईरहेको छ ।

जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको सह आयोजनामा खेल सञ्चालन भएको हो ।
राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगीताको आयोजना गरिएको छ । प्रतियोगितामा खुला तर्फ नेपालमा २० रयांकि भित्रका खेलाडी बाहेकका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि छन ।

प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी सि लेभल तर्फ प्रथम पुरस्कार रु २० हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।