१५ चैत, पर्वत । पर्वतको जलजला गाउँपालिकाले शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम दिएको छ ।
विद्यालयका कम्प्युटर, प्रिन्टर लगायत प्राविधिक उपकरणको स्थानीय स्तरमै मर्मत गर्ने ज्ञान, सिप सिकाउन तालिम सञ्चालन भएको हो ।
शैक्षिक सुधारका लागि प्रविधिसँग विद्यार्थीलाई नजिक बनाउने र शिक्षकलाई जोड्ने गाउँपालिकाको उद्देश्य छ ।
जलजलाका ४४ वटा विद्यालयका ३०० जना शिक्षकहरुलाई पायक पर्ने स्थानमा बिद्यालय समय बाहेक बिहान र बेलुकी कम्प्युटर मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिए ।
शिक्षकहरुलाई तीन वटा समूहमा विभाजन गरेर तालिम दिइएको थियो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालयका कम्प्युटर, ल्याप्टप र प्रिन्टर पालिकाको खर्चमा मर्मत गरिने बताए ।




