Print

एमाले अध्यक्ष ओली माथिको आक्रमणको पर्वत एमालेद्धारा निन्दा, दोषीलाई कारबाहीको माग


१७ वैशाख, पर्वत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली माथि कोशी प्रदेशका विभिन्न जिल्लामा भएको आक्रमणको प्रयासको एमाले पर्वतले निन्दा गरेको हो । एमाले पर्वतका जिल्ला अध्यक्ष राजुप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा अध्यक्ष ओली माथि आक्रमणको प्रयास भएको भन्दै घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ ।


नेकपा एमालेका अध्यक्ष ओली पाटीका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन कोशी प्रदेशका झापा, इमाल, तेह्थुम लगाएतका जिल्लाहरुको भ्रमण छन् । अध्यक्ष ओली माथि कोशी प्रदेश नामाकरणको विरोध स्वरुप कालो झण्डा देखाउने कार्यक्र भईरहेको छ । उक्त घटनालाई लिएर एमाले संस्थागत रुपमा नै विरोध जनाईरहेको छ । पर्वत अध्यक्ष पौडेलले शनिवार एका विज्ञप्ति जारी गर्दै देशबको विरुद्ध नै गम्भिर षडयन्त्र हुन लागेको समेत जनाएका छन् ।


अवाच्छित, उच्छुंखल गतिविधिमा संलन्नहरुको शीघ्र खोजी गर्न तथा त्यस्ता गिरोलाई कानूनी कारबाही गर्न माग गरिएको छ । आक्रमणको घटनामा सत्तापक्षकै कार्यकर्ताहरु सहभागी रहेको भन्दै एमालेले उनीहरुलाई तत्काल कारबाही गर्न माग गरेको हो ।