Print

मधेसी नेताहरुलाई गच्छदारको आग्रहः सीके राउतको लाइनमा नजानुस्

८ माघ, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले स्वतान्त्र मधेसको कल्पना नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । कसैले हमाल र पहाड विनाको मधेसको परिकल्पना कसैले गर्छ भने त्यो स्विकार्य नहुने उनले बताए ।

विराटनगरमा शनिबार फोरम लोकतान्त्रिकले आयोजना गरेको अगुवा कार्याकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री गच्छदारले भने, हामी हिमाल पहाड र तराईसहितको सिङ्गो देश नेपाल हेर्न चाहन्छौं ।’
उनले विचलित नहुन र विखण्डनको कुरा नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरे । गच्छदारले भने, सिके राउतको लाइनमा तपाईहरु नजानु होस्, हिमालको शेर्पा पहाडको खस र तराईको मधेसी । सवैले सिङो देश हेर्न चाहन्छन् ।’उनले अघि भने, ‘मधेसवादी दलका नेताको नियत ठीक छैन कि जस्तो जस्तो देखिँदैछ । म भन्छु, म भन्दा ठुलो मेरो पार्टी हो। पार्टी भन्दा पनि ठुलो मधेस होला । तर, मधेस भन्दा पनि ठुलो मेरो देश हो ।

गच्छदारले अकं गणितीय आधारमा मात्र संविधान संशोधन गराउने खेल भए कार्यान्वयनमा समस्या हुने बताए । ‘एमाले, माओवादी र कांग्रेसको सहयोग एव मधेसवादी दलको समर्थनवाट संविधान संशोधन गरिर्नुपर्छ, उनले भने, अहिलेको आवश्यता त्यही हो । त्यसका लागि दलहरु मिल्नुको विकल्प छैन ।’

मधेसवादी दल उत्तेजित भएका कारण यसअघि पनि तराई मधेसका धेरै अधिकार गुमाउन पुगेको भन्दै उनले मधेसवादी दलहरु उत्तेजित भाषण गर्नका सट्टा दलिय सहमतिका लागि अग्रसर हुन सुझाव दिए ।

२०७३ माघ ८ गते २०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस