Print

आज मन्त्री परिषद विस्तार, पर्वतका सांसद गिरी मन्त्री बन्ने

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री परिषद विस्तार गर्न लागेका छन् ‌ । हिजो राती अबेरसम्म बसेको सत्तारुढ दलहरुको बैठकले मन्त्री परिषदको भागबन्डामा सहमति गरेपछि आज मन्त्री परिषद विस्तार हुने भएको हो । दिउँसो १ बजौ हुने सपथग्रहणमा पर्वतवाट निर्वाचित सांसद पदम गिरी मन्त्री हुने भएका छन्। एमाले स्रोतका अनुसार गिरी शक्तिशाली मन्त्रालय सम्हाल्ने गरी मन्त्री हुने भएका हुन् । पर्वतवाट फुल क्याबिनेट मन्त्री हुनेमा गिरी पहिलो व्यक्ति बन्नेछन् । हालसम्म पर्वत जिल्लाले फुल क्याबिनेट मन्त्री पाउन सकेको थिएन । पर्वत जिल्लावाट २ पटक प्रतिनिधि सभामा निर्वाचित गिरी नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।