Print

सेति नदिको खोँचमा बिलाए १० पर्वतेली : शोकमा डुब्यो पर्वत

२ माघ, पर्वत । पोखरामा‌ भएको तारा एयरको बिमान दुर्घटनामा परि पर्वतका १० जनाको मृत्युले पर्वत शोकमा डुबेको छ । ४ बालबालिका सहित १० जनाको मृत्युले पर्वत शोकमा डुबेको हो । आन्तरिक उडान तर्फ हालसम्मकै ठूलो जहाज दुर्घटनामा पर्वत जिल्लामा एकै परिवारका ४ सदस्य सहित १० जनाले ज्यान गुमाएका छन् । दुर्घटना अन्य २ परिवार २/२ जना सदस्यहरुको पनि मृत्यु भएको छ ‌ ।

काठमाडौंवाट पोखराको लागि उडान भरेको जहाज सेति नदिको खोचमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेको जहाजमा ३ बालबालिका सहित पर्वत जिल्लाका १० जनाले ज्यान गुमाएपछि पर्वत जिल्ला‌ अहिले शोक मग्न छ ।

कुश्मा नगरपालिका बडा न १ का एकै परिवारका २ जनाको मृत्यु भएको छ । त्यसैगरी कुश्मा नगरपालिका बडा न ९ मा पनि एकै परिवारका २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी बिहादी गाउँ पालिका वडा न ५ उरामपोखराका एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु मध्ये कुश्मा नगरपालिका वडा नं १ पाङका रचना काफ्ले र उनका छोरा रिहान पौडेल छन् । आफ्नी आमासँग काठमाडौं घुम्न गएका रिहान सांसारिक दुनियाँका सबै सपना छोडेर आफ्नी आमासंग यो संसारबाट विदा भएका छन् ।

कुश्मा नगरपालिका वडा न ९ का अरुण पौडेल र उनकी छोरी प्रसिद्धि पौडेलको पनि मृत्यु भएको छ । अरुण प्रतिनिधि सभामा पर्वत जिल्लावाट स्वतन्त्र पदका उम्मेदवार समेत हुन् । आफ्नो छोरीसँग बिदामा घुमघामका लागि काठमाडौं गएका बुबा छोरी अन्ततः सेति नदीको खोचमा बिलाए । समाज परिवर्तन तिब्र चाहना थियो अरुणमा । उनले राजनीतिकवाट समाज परिवर्तनको सपना देखेका थिए । काठमाडौंमा छोरीसंग रमाइलो गरेर घर फर्कदै गर्दा आफ्नी छोरीसंगै उनि अन्ततः यो संसारबाट बिदा भए ।

जहाज दुर्घटनामा पर्वतको दक्षिणी भेगले पनि ठूलो क्षति‌ बेहोरेको छ । एकै परिवारका ४ जना सदस्य गुमाएको बिहादी गाउँपालिकाको उराम पोखरा शोकमग्न छ ।
आफ्नी आमासँग काठमाडौं घुम्न गएका युवराज शर्मा आफ्नी आमा जमुना शर्मासंगै छोरी आरुबि शर्मा र छोरा वेबी शर्मासंगै जलिरहेको जहाजको मुस्लो भित्रै हराए ।छोरा‌छोरीलाई ठूलो मान्छे बनाएर सुखका दिनहरु कटाउने युवराजको सपना आप्ना दुई सन्तानसंगै सेति नदिमा बग्यो ।

समाज परिवर्तनको लागि वर्गिय लडाइको मैदानबाट कलम युद्धका यात्रि कुश्मा नगरपालिका वडा न १४ आर्थरका त्रिभुवन पौडेल अब सम्झनामा मात्र छन् । पोखरा बस्दै आएका पौडेल विगत लामो समयदेखि पत्रकारिता पेशामा संलग्न छन् । अबोध छोरीलाई छुट्टै भेट्ने गरी काठमाडौंबाट उडेको २० मिनेट मै उनि आफ्ना असंख्य समाज परिवर्तनका सपना छोडेर यो संसारवाट बिलाएका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका पौडेलको मृत्यु पछि पत्रकार महासंघले गहिरो समवेदना व्यक्त गरेको छ ।

राजनितिसंगै समाजसेवामा ठूलो योगदान पुराएका मोदी

गाउँ पालिका वडा न १ भुक देउरालीका बिजय गुरुङ आफ्ना सारा सपना छोडेर सेतिखोचमा बिलाए ‌ ।

जहाज दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आज सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मृतकहरुको शब पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा राखिएको छ । शवहरु परिवारको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

मृत्यु भएकाहरुको आज नै अत्यष्टी हुदैँछ ‌ ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।