१ माघ, पर्वत । पोखरामा भएको जहाज दुर्घटनामा पर्बत जिल्लाका १० जनाले ज्यान गुमाएका छन् ।
जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।
यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ ।
विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतकहरु मध्य पर्वतको आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल, प्रसिद्धि पौडेल, रहेका छन्। अरुण त प्रसिद्धि एकै परिवारका बुवा र छोरी हुन् ।
कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेल पनि एकै परिवारका आमा र छोरा हुन् । दुर्घटनामा मोदी १ भुकदेउरालीका विजय गुरुङ तथा बिहादी गाउँ पालिका ५ उराम पोखराका एकै परिवारका ४ जनाको पनि मृत्यु भएको छ ।
एकै परिवारका मध्य अन्दाजी ६३ बर्षका जमुना शर्मा र उनका ४० बर्षका युवराज शर्मा तथा युवराजका १३ बर्षिय छोरी आरुबि शर्मा र ५ वर्षका वेबी शर्मा रहेका छन ।
युवराज शर्मा, जमुना शर्मा, को सनाखत भएको अस्पतालले जनाएको छ ।




