Print

कालीगण्डकी लोकमार्ग : ट्रयाक्क खुलेपछि सेतीवेणी देखि मिर्मिको दुरी छोडियो


१५ पौष, पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डको दक्षिणी क्षेत्रको काम धमाधम भईरहेको छ । लोकमार्गको पर्वत खण्डमा पर्ने स्याङजाको मिर्मि देखि पर्वतको सेतीवेणीसम्मको ट्रयाक्क खुल्ला भएपछि यो क्षेत्रको यातायातमा सहज भएको छ ।

सेतीवेणीसम्म आउनका लागि मिर्मिदेखि यस अघि स्टीमरको प्रयोग हुँदै आएकोमा अव भने सवारी साधन मार्फत नै यात्रा गर्न सकिने भएको छ । सेतीवेणी देखि र्मिमिसम्मको ७ किलोमिटर कालीगण्डकी लोकमार्गको ट्रयाक्क खन्ने काम गत बर्ष सकिएको हो । महादेव खिम्ति निर्माण सेवा अन्जान पराजुली जेभिले सडक स्तरोउन्नतीको ठेक्का लिएकोमा आगामी बर्ष सन २०२३ मा ठेक्का अवधि पुरा हुँदैछ ।


अहिले सडकमा ग्याविन लगाउने, सडक चक्लाउने र सडकमा सव वेस विछाउने काम भईरहेको छ । सडक निर्माणको काममा ढिलाई गरेको निर्माण कम्पनीले सन् २०२० मा सडक निर्माणको ठेक्का लिएको थियो ।


योसंगै पर्वत खण्डमा पर्वत सदरमुकाम कुश्मा बजार देखि मिर्मिसम्मको यात्रा सहज भएको छ । झण्डै ६२ किलोमिटरको दुरीमा कुश्मा देखि मिर्मिसम्मको यात्रा गर्न सकिनेछ । यस खण्डमा पर्ने सेतीवेणीको सेती खोलामा मोटरेवल पुलको निर्माण कार्य सकिएको छ भने आँधिखोलाको मोटरेवल पुल पनि सम्पन्न भएको छ ।