१५ जेठ, पर्वत । कार्यपालिका सदस्य निर्वाचनका लागि पर्वतको जलजला १२ जनाको उमेदवारी परेको छ । नगरकार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा एमालेका महिला तर्फ ४ तथा दलित र अल्पसंख्यक तर्फ २ गरी ६ जनाले उमेदवारी दर्ता गराएका छन् । यसैगरी कांग्रेसको तर्फबाट महिला तर्फ ३ दलित र अल्पसंख्यक तर्फ १ जनाको उमेदवारी परेको छ । माओवादी केन्द्रले १ जना दलित तथा अल्पसंख्यक तर्फ उमेदवारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेले महिला तर्फ बबि सुवेदी, माया कुमारी भुषाल, बिमला बरुवाल केसी र सुनिता क्षेत्री खत्रीलाई उमेदवार बनाएको छ ।
कांग्रेसले महिला तर्फ आरती सुनार, गुमाकुमारी सार्की, लक्ष्मी कुमारी आचार्यलाई उमेदवार बनाएको छ भने माओवादी केन्द्रले सम्झना शर्मालाई उमेदवार बनाएको छ । जलजलामा माओवादी र कांग्रेसको गठबन्धन रहेको छ ।
यसैगरी एमालेले दलित तथा अल्पसंख्यक तर्फ भिमबहादुर दर्म र भिमसेन बहादुर विकलाई उमेदवार बनाएको छ । भने नेपाली कांग्रेसले मुना दमाई र माओवादी केन्द्रले दुगाई दमाईलाई उमेदवार बनाएको छ ।
जलजला गाउँपालिकामा एमालेका २६ जना गाउँ सभा सदस्य छन भने गठबन्धन तर्फ कांग्रेसका १० र माओवादी केन्द्रका ११ जना रहेका छन् । कार्यपालिका सदस्यहरुलाई गाउँ सभा सदस्यले मतदान गर्नेछन् । गाउँ सभामा एमालेको बहुमत भएका कारण एमालेका ६ जना उमेदवारले निर्वाचन जित्ने देखिन्छ ।
आगामी १८ गते कार्य पालिका सदस्यको लागि मतदान हुदैँछ ।