Print

कुश्मामा कार्यपालिका सदस्यका लागि १७ जनाको उमेदवारी

१५ जेठ, पर्वत । कार्यपालिका सदस्य निर्वाचनका लागि पर्वतको कूश्मा नगरपालिकामा १७ जनाको उमेदवारी परेको छ । नगरकार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा एमालेका महिला तर्फ ५ तथा दलित र अल्पसंख्यक तर्फ ३ गरी ८ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यसैगरी कांग्रेसको तर्फबाट महिला तर्फ ५ दलित र अल्पसंख्यक तर्फ ३ जनाको उमेदवारी परेको छ । एकिकृत समाजवादीले १ जना दलित तथा अल्पसंख्यक तर्फ उमेदवारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेले महिला तर्फ सुधा गुरुङ, सविता बि.क, दुर्गा कुमारी शर्मा, रिता कुमारी बि.क., विन्दु कुमारी पौडेललाई उमेदवार बनाएको छ भने दलित तथा अल्पसंख्यक तर्फबाट गोपाल बि.क., शिवलाल सार्की र लखन सुनारलाई उमेदवार बनाएको छ ।

यसैगरी नेपाली कांग्रेसले महिला तर्फ गंगा शर्मा, गीतकुमारी शर्मा, चमकुमारी थापा, मिठु शर्मा र शारदा विकलाई उमेदार बनाएको छ । कांग्रेसले दलित तथा अल्पंख्यक तर्फ डम्बरबहादुर नेपाली, घोले सार्की र शान्ति शर्मा कुमाललाई उमेदवार बनाएको छ ।

एकिकृत समाजवादीले भने जुनेला वेगमलाई दलित तथा अल्पंख्यक तर्फबाट उमेदवार बनाएको छ । यो निर्वाचनबाट महिला तर्फ ५ र दलित, अल्पंख्यक तर्फबा ट ३ गरी ८ जना निर्वाचित हुनेछन् । महिला तर्फका उमेदवारहरु भने यस अघि वडाबाट विजयी भएका वडा सदस्यहरु हुन् ।