१६ जेठ, पर्वत । यस अघि केपी ओली प्रधानमन्त्री रहँदा पर्वत जिल्लाका लागि २ वटा गौरबका आयोजनाहरुमा बजेटले सम्बोधन गरेको थियो । ओली प्रधानन्त्री कार्यकालमा बजेटमै उल्लेख गरिएका ति आयोजनाहरुको विषयमा यस पटकको बजेट भने मौन रहेको छ ।
जिल्लाको महत्वपूर्ण र ठूलो आयोजनाको रुपमा रहेको कालिगण्डकी जलाशययुक्त परियोजनाको लागि यस अघिको सरकारले सम्भाब्यता अध्ययनको लागि बजेट ब्यवस्था गरेको थियो । झण्डै १ हजार मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गर्ने र त्यसलाई बहुउपयोगी आयोजनाको रुपमा रुपान्तरण गर्ने ओली सरकारको महत्वकाक्षी आयोजना रहेको थियो ।

यो आयोजनालाई बजेटमा राख्नका लागि पर्वतका सांसद पदम गिरी बागलुङका सांसद सूर्य पाठक र वर्तमान सरकारका मन्त्री तथा बागलुङका सांसद देवेन्द्र पौडेलले तत्कालीन अर्थ मन्त्रीसंग पहल गरेका थिए । उनीहरुको पहल पछि जलाशय युक्त आयोजना बजेटमै सम्बोधन भएको थियो । यस पटक भने उक्त आयोनजाको नाम बजेटमा उल्लेख गरिएको छैन् ।
कालीगण्डकी नदीमा निर्माण हुने भनिएको उक्त जलाशय युक्त आयोजना निर्माण हुँदा यो क्षेत्रमा सिंचाई, पर्यटन, जलविद्युत लगाएतका क्षेत्रमा ठूलो योगदान रहने यो क्षेत्रका जनप्रतनिधिहरुको बुझाई छ ।
उता, अर्को गौरबको आयोजनाको रुपमा यस अघिको सरकारले पर्वत जिल्लालाई सहयोग पुग्ने गरी कास्की जिल्लाको हेम्जा देखि कास्कीकै नयाँपुलसम्म सुरुङ मार्ग निर्माणको योजना अघि सारिएको थियो । पर्वतको सिमानासम्म मध्यपहाडी लोकमार्गमा सुरुङ निर्माण हुँदा पोखरासम्मको दुरी निकै छोटो हुने विश्वास थियो । यस पटक सरकारको बजेटमा देशका अन्य क्षेत्रका सुरुङ मार्गको नाम उल्लेख भए पनि यस पटक यो क्षेत्रको सुरुङ मार्गको नाम उल्लेख छैन् ।
अर्थ मन्त्री जनादर्श शर्माले प्रस्तुत गरेको बजेटमा सस्नेखोला नागढुङ्गाको सुरुङमार्ग, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङ मार्ग, दुम्कीबास–बर्दघाट, कुलेखानी–भीर्मेदी, खुर्काेट–जचयावारी, मजझमटार– शक्तिखोर, ब्याउलीढुङ्गा–ईर्मल्चाखोला, सुर्खेत रानीघाट– भरुीगाउँ सुरुङ मार्गको लागि बजेट सहितको योजना यस पटक बजेट विनियोजन गरिएको छ ।
यसै गरी आगामी बर्ष टोखा–छहरे, गोदावरी–पनौर्त र सााँगा–बनेपा खण्डको सुरुङ मार्गको सम्भाब्यता अध्ययन गरिने कुरा उल्लेख छ । सरकारले सुरुङ मार्गको लागि रु. १ अर्ब १९ करोड रकम विनियोजन गरेको छ ।
यस पटक पर्वत जिल्लाले उल्लेख गर्न मिल्ने अन्य योजना समेतमा सहभागीता जनाउन पाएन । यस अघिको सरकारले घोषणा गरेको कागती पकेट क्षेत्र बनाउने योजना समेत यस पटकको सरकारले समेटेको छैन् ।
यो पनि पढ्नुहोस्
ओली सरकारको अर्को सपना : कास्कीको हेम्जा देखि नयाँपुल सुरुङ मार्गको लागि बजेट विनियोजन




