१५ जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसँग गठबन्धन गरेको थियो । कांग्रेससंग घोषित गठबन्धन गरेको माओवादी केन्द्रले गठबन्धनको तर्फबाट जिल्ला भर आफ्ना उमेदवार समेत उठायो । स्थानीय तहको निर्वाचनमा जिल्ला भर कुल २२ जना मात्र आफ्ना जनप्रतिनिधि जितेको माओवादी केन्द्र कुश्मा नगरपालिकामा भने निल भएको छ । कुल १९ जना आफ्ना उमेदवारलाई माओवादी केन्द्रले निर्वाचनमा उमेदवार बनाएको थियो । उमेदवार सवै पराजीत भए पछि माओवादी केन्द्र नगरपालिकामा निल परेको छ ।
आफ्नो जनप्रतिनिधि विहिनता भएको नगरपालिकामा माओवादी केन्द्रको भागमा उपप्रमुख २ वडा अध्यक्ष सहित अन्य वडा सदस्यहरु पनि परेको थियो । नगरपालिकामा उपप्रमुख पदमा माओवादी केन्द्रले शंकर गिरीलाई उमेदवार बनायो । गिरी पराजीत भए । यसैगरी माओवादी केन्द्रले गठबन्धनकै तर्फबाट कुश्मा ११ मा लिला दवाडी र कुश्मा १२ मा चुडामणी पौडेलाई उमेदवार बनायो । दवाडीलाई पराजीत गर्दै एमाले उमेदवारहरुको प्यानलै कुश्मा ११ मा विजयी भयो ।
उता, कुश्मा १२ का पौडेललाई पाटीले अन्तिम अवस्थामा उमेदवारी कायम रहे पनि स्वतन्त्र तर्फबाट उमेदवारलाई समर्थन गर्ने निर्णय गर्यो । वडा अध्यक्ष पौडेल स्वतः पराजीत भए । यस बाहेक १६जना वडा सदस्यहरु माओवादी केन्द्रबाट तर्फबाट उमेदवार बनेका थिए ।
कुश्मा १ पाङमा होमनाथ सुवेदी र शुष्मा विक उमेदवार बने तर उनीहरु पराजीत भए एमाले उमेदवारले निर्वाचन जिते । कुश्मा २ खुर्कोटमा गोविन्द बहादुर नेपाली उमेदवार बने तर उनी पनि पराजीत नै भए । कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको वडा न ४ मा माओवादीले लछुमान घर्तिलाई उठायो तर यस वडामा कांग्रेसका उमेदवार नै विजयी भए ।
वडा न ५ मय समेत माओवादी केन्द्ले अमृता कुमारी कँडेललाई अघि सार्यो तर कँडेलको उमेदवारी अन्तिमसम्म टिकेन उनी पनि पराजीत भईन् ।
कुश्मा ६ मा गठबन्धनकै तर्फबाट आधिकारिक उमेदवार सूर्य मल्ललाई माओवादीले उठायो, उनी पनि पराजीत भए यस वडामा एमालेले प्यानलै जित्यो ।
कुश्मा ७ मा रुपा गुरुङ र योगमाया नेपालीलाई माओवादीले उमेदवार बनायो दुवै जना पराजीत भए ।
कुश्मा ९ मा माओवादी केन्द्रको तर्फबाट राधा अधिकारी र मनकुमारी सुनारलाई उमेदवार बनाए पनि उनीहरुले पनि निर्वाचन जित्न सकेनन् । वडा सदस्य उमेदवार कुश्मा १० मा कमल प्रसाद लामिछाने र तिर्थ माया नेपाली पनि पराजीत भए ।
कुश्मा १२ मा माओवादी केन्द्रका जिल्ला संयोजक सृजनशिल कुँवर वडा सदस्यका उमेदवार बने उनी पनि एमालेका उमेदवारसंग पराजीत भए । कुश्मा १३ म तेजबहादुर कार्की, रामबहादुर कुँवर र डिलकुमारी पौडेल माओवादी केन्द्रका उमेदवार थिए । ३ जना नै एमालेका उमेदवारसंग पराजीत भए ।
आफ्ना सवै उमेदवार पराजीत भए पछि माओवादी केन्द्रले कांग्रेसले असहयोग गरेको आरोप लगाएको छ । कांग्रेसका उमेदवाहरु विजयी हुने तर माओवादी केन्द्रका कुनै पनि उमेदवार विजयी नहुनुले कांग्रेसका कार्यकर्ताहरु इमानदार नभएको माओवादीको आरोप छ । माओवादीले इमानदार भएर मतदान गरे पनि कांग्रेस कार्यकर्ताले भने माओवादीका उमेदवारहरुलाई मतदान नगरेकै कारण हार माओवादी केन्द्रले कुश्मा नगरपालिकामा बेहोर्नु परेको हो ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ
यो पनि पढ्नुहोस्
पर्वतमा गठबन्धन प्रति कांग्रेस भित्र असन्तुष्टि, गठबन्धनको भोट लिने, सिट नदिने !