Print

चैत २५ देखि पर्वतमा टाइफाइड विरुद्धको खोप लगाइँदै

२२ चैत, पर्वत । आगामी चैत २५ गते देखि पर्वतका ६ वटा पालिकाहरुमा टाइफाइड विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य कार्यालय पर्वतले दिएको जानकारी अनुसार चैत २५ गते जिल्लाका ६ पालिका र चैत २८ गते पैयू गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

सरकारले देशै भर खोप अभियान सञ्चालन गरी टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम अघि सारेको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोष पौडेलका अनुसार झण्डै ३० हजार जनालाई उक्त खोप लगाइनेछ । १५ महिना देखि १५ बर्षसम्मको उमेर समुहमा यो खोप लगाइने पौडेलले जानकारी दिए ।

पर्वत अस्पतालका डा. डिबि क्षेत्रीले खोप ढुक्कसंग लगाउन अनुरोध गरेका छन् । टाइफाइड विरुद्धको खोपले सामान्य असर देखिए पनि खोप पूर्ण रुपमा सुरक्षित रहेको बताए ।

खोप पहिलो चरणमा सवै बिद्यालयहरुमा लगाइने र विद्यालयबाट छुट भएकाहरुलाई स्वास्थ्य चौकीहरुमा खोप लगाउने तयारी कार्यालयले तयारी गरेको छ । खोप अभियान सञ्चालनको लागि जिल्लाका सवै पालिकाहरुलाई परिचालन गरिने कार्यालयले जनाएको छ ।