Print

चैत २६ गते कुश्मामा एमालेको बृहत आमसभा, २० हजार कार्यकर्ता सहभागी हुने दावी

२१ चैत, पर्वत । नेकपा एमालेले पर्वतको कुश्मा बजारमा आगामी चैत २६ गते बृहत आम सभा गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटि पर्वतले आसन्न स्थानीय तहको निर्वाचलाई लक्षित गरी उक्त आम सभा गर्न लागेको हो ।

चैत २६ गते दिनको ११ बजेदेखि कुश्माको बान्द्रेवीडि चौरमा शुरु हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

आम सभामा एमालेले जिल्ला भरीबाट २० हजार कार्यकर्ता सहभागी गराउने दावी गरेको छ । आम सभालाई भब्य बनाउनका लागि मुल ब्यवस्थापन समिति तथा अन्य उप समितिहरुको समेत गठन गरेको छ ।

प्रत्येक वडाहरुबाट एमाले समर्थित कार्यकर्ताहरुलाई आम सभामा निमन्त्रणा गरिएको एमालेले जनाएको छ । आम सभा अघि एमालेले कुश्मा बजारमा बृहत ¥याली समेत प्रदर्शन गर्नेछ । कुश्माको बडागाउँ चौरबाट शुरु हुने ¥याली कुश्मा बजार परिक्रमा गर्दै बान्द्रेवीडि चौरको खुल्ला मञ्चमा पुगेर जनसभामा परिणत हुने एमालेले जनाएको छ ।