Print

कांग्रेसमा उमेदवार छान्न सकस : कुश्मा ६ र १० मा सर्वसहमत, बाँकी वडामा आकांक्षीको लर्को

२४ चैत, पर्वत । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा राजनैतिक दलहरु आफ्ना उमेदवार छान्नमा ब्यस्त छन् । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभर एकै साथ हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेस पर्वतले पनि आफ्ना उमेदवारहरु छान्ने कामलाई तिव्रता दिएकोछ । कांग्रेसले वडा स्तरहरुबाट वडा अध्यक्ष र सदस्यहरुको नामावली नगर र जिल्लामा पठाउन निर्देशन दिएपछि जिल्लाका ७ वटै पालिकाहरुमा उमेदवार छनौट काम भईरहेको छ ।

जिल्लाको कूश्मा नगरपालिकामा भने कांग्रेसलाई उमेदवार छान्न सकस देखिएको छ । एका तर्फ गठबन्धन गरी साना बामदलहरुलाई भाग मिलाउनुपर्ने बाध्यता कांग्रेससंग छ भने अर्को तर्फ आफ्नै पाटी भित्रको सन्तुलन मिलाउनुपर्ने छ । एमालेको विरुद्ध ५ दलीय गठबन्धन गरेको कांग्रेस भित्र गठबन्धन प्रति नै असन्तुष्टि देखिरहेको बेलामा कांग्रेसले गठबन्धनलाई दिनुपर्ने भागको भने अझै टुंगो छैन् ।

गठबन्धनले बाँडफाँडको काम नसकिदै उमेदवार छनौट गर्न नहुने बताउँदै कांग्रेसको क्रियाकलाप प्रति असन्तुष्टि जनाउँदै आए पनि कांग्रेस भने गठबन्धनको मर्म विपरित उमेदवार छनौट गरीरहेको छ ।

कांग्रेसको कुश्मा नगरपालिका भित्र कुनपा ६ र १० वडामा भने सर्वसहमत वडा अध्यक्षको उमेदवार छनौट भएका छन् । कुश्मा ६ मा मानसिंह भण्डारी र कुश्मा १० मा नरबहादुर केसीलाई वडाबाट सर्वसहमत छनौट गरिएको कांग्रेस श्रोतले बताएको छ । बाँकी वडाहरुमा आकाक्षीहरुको लर्को देखिएको छ ।

वडा न १ मा खगराज पौडेल, धुव्र सुवेदी, कृष्ण बहादुर क्षेत्री, सूर्य प्रसाद सुवेदी, हिरामणी सुवेदी, टिका बहादुर सुवेदी, विरेन्द्र रिजाल अध्यक्षको आकाक्षी रहेका छन भने वडा न २ मा लालकृष्ण बास्तोला, कल्याण सुवेदी, डिल्लीराम शर्मा, कमलराज पौडेल, तिर्थप्रसाद शर्मा, झलक बास्तोला, गणेश बहादुर क्षेत्री, हरीप्रसाद खत्री, कालीभक्त शर्मा र श्यामप्रसाद जोशीले आकाक्षा ब्यक्त गरेका छन् ।

वडा ३ मा भने लेखबहादुर गुरुङ, कृष्णप्रसाद शर्मा र कुलराज पोखरेलको नाम वडाबाट सिफारिस भएको छ । वडा न ४ मय मिना कमाचार्य, दिनेश श्रेष्ठ, टेकबहादुर कमाचार्य, गुरुदत्त पौडेल, माधव पौडेल, कमलनाथ शर्मा, राजन जोशी, आशिष जोशीले आकाक्षा देखाएका छन् । वडा न ५ मा नरेन्द्र बहादुर क्षेत्री, उत्तम शर्मा, दामोदर आचार्य, चित्रकला भारती, कमल पोख्रेल, रामहरी चापागाई, प्रेम गुरुङ, सुरेश केसी (काजी) र सुर्वण अर्यालले आकाक्षा ब्यक्त गरेका छन् ।

वडा न ७ बाट अजय पोख्रेल, केशव पोख्रेल, झलक पोख्रेल, परशुराम पुरी, हरीबहादुर सुवेदी, कृष्ण पौडेल, सागर गिरी र खेमनाथ शर्मा ले आकाक्षा ब्यक्त गरेका गरेका छन् ।
वडा न ८ बाट लक्ष्मण पौडेल, चन्द्रबहादुर पौडेल, सुरेन्द्र केसी, निर्मला शर्मा, कुलप्रसाद पोख्रेल र राजकुमार क्षेत्रीले चाहना ब्यक्त गरेका छन् ।
वडा न ९ बाट भने रामप्रसाद शर्मा, कमल प्रसाद पौडेल, पिताम्बर शर्मा, कृष्णप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, प्रताप शर्मा, भास्कर पौडेल, विष्णुप्रसाद श्रेष्ठ र रामप्रसाद शर्मा रहेका छन् ।

वडा न ११ बाट विद्यराज जोशी, गणेश बम मल्ल, रमेश बम मल्ल, सुनिल केसी, टंकप्रसाद सुवेदी, दया सुवेदी, इश्वरी भुषाल, मिनबहादुर नेपाली, रुद्रबहादुर रिमाल र कृष्णबहादुर केसीको आकाक्षा ब्यक्त गरेका छन् ।

वडा न १२ बाट भने झलक रिमाल, कुमार सुवेदी, हेमराज सापकोटा र हरिश्चन्द्र सापकोटा, वडा १३ बाट भने हर्कबहादुर क्षत्री, रामबहादुर नेपाली, अर्जुन सुवेदी र ढकबहादुर क्षेत्री र वडा न १४ मा रुद्रप्रसाद रिमाल, ओमकार गुरुङ, दिपक क्षेत्री र मनोज गुरुङले आकाक्षा ब्यक्त गरेका छन् ।

कांग्रेसको सर्वसहमत भएका वडा न ६ र वडा १० नेकपा एमालेका आधार इलाका हुन् । यी वडाहरुमा यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको थियो । बाँकी वडाहरुमा कांग्रेसका आकाक्षीको लर्को देखिएको छ ।

उता, माओवादी केन्द्रले भने कुश्मा नगरपालिका वडा न १, ६, १०, १२, र १३ को वडा अध्यक्षमा आफ्नो दावी प्रस्तुत गर्ने तयारी गरेको छ । बाँकी सवै वडाहरुमा कम्तिमा २ जना वडा सदस्यहरु पाउनुपर्ने गरी माओवादी केन्द्र गठबन्धनमा बार्गेनिङ गर्ने तयारीमा छ ।
माओवादी्रले वडाअध्यक्ष दावी गर्ने सवै वडाहरुमा एमालेको सर्वच्व रहेको छ । समाजवादीले भने वडा १४ लाई रोजाईको वडा बनाएको छ ।

उता, नेपाली कांग्रेस भने माओवादीलाई केहि वडामा वडा सदस्यहरु बाहेक नेतृत्व दिन सहमत देखिदैन् । उसले सवै वडाहरुमा आफ्नो उमेदवारको नाम टुंगाउन लागेको छ । नगरपालिका भित्र कांग्रेस बृत्तमा कम्युनिष्टलाई भोट दिने कुरामा नेता कार्यकर्ताहरु सहमत नभएकाले गठबन्धनको मोडालिटी कस्तो हुन्छ अझै पनि टुंगो लागेको छैन् । उता, माओवादीले भने नगरप्रमुख कांग्रेसलाई छोडेर उपप्रमुख कुश्मा नगरपालिका भित्र आफूले पाउनुपर्ने दावी समेत गरेको छ ।