२६ फागुन, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने मोटरेवल पुलको मर्मत नहुँदा पुल जिर्ण बन्दै गएको छ । मोदी खोलामा निर्माण गरिएको कुश्मा नगरपालिका वडा ८ चुवा र वडा न ११ पकुवा जोड्ने दोविल्ला सस्सवेन्स व्रृज मोटरेवल पुल जिर्ण बन्दै गएको हो ।

लट्टाको प्रयोग गरी विशेष प्रविधिमा झण्डै ढेड दशक अघि निर्माण गरिएको उक्त पुल मर्मतको अभावमा जिर्ण बन्दै गएको छ । पुलको स्लेपमा फलामका पाता छन् ति पाताहरु क्रमशः फुट्दै जाँदा यात्रामा समस्या परीरहेको छ । नेपाल सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलीडार)ले निर्माण गरेको उक्त पुल तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेको थियो ।
पुल निर्माण समितिका अध्यक्ष गणेश पौडेल भन्छन्–‘स्थानीय सरकार बनेपछि पुल मर्मतमा ध्यान पुगेन ।’ पुलको अवस्था जिर्ण बन्दै गए पछि गत बर्ष स्थानीय तहको प्रयासमा मर्मत भएको थियो । मर्मत गरिएको १ बर्षमा पुनः पुलमा समस्या आएको छ । कुश्मा नगरपालिकाले पुल मर्मतको लागि डोलिडारलाई पत्र लेखेको नगरपालिकाका इन्जिनियर शिव बराल बताउँछन् । उनले पुलको अवस्थाको जानकारी गराउँदै संघीय सरकारसंग बजेट माग गरिएको बताए ।
पुल जिर्ण बन्दै गएपछि हिजो मात्रै बिहान अलकत्रा लिएर सिल्मीबाट कुश्मातर्फ आउँदै गरेको ग १ ख ८६४१ नम्बरको टिपर दुर्घटनामा परेको छ । । दुर्घटनामा मानवीय क्षति भने भएन् ।
पुलको भार बहन क्षमता १५ टन मात्र भए पनि दिनहुँ क्षमता भन्दा दोब्बर लोड भएका करिब २० भन्दा बढी टिपर यो पुलबाट ओहोरदोहोर गरेका कारण पनि पुलको आवस्था विग्रदै गएको हो ।




