Print

अध्यक्ष तिमिल्सीना कुश्माको हार्नेस जीपलाईनमा

२३ फागुन, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सोमबार पर्वतको कूश्मामा सञ्चालीत हार्नेस जीप लाईनमा सुपरम्यान जीपलाईनको मज्जा लिएका छन् । गृह जिल्ला पर्वत आइपुगेका तिमिल्सीनाले कुश्माका युवा ब्यवसायीहरुद्धारा सञ्चालीत सुपरम्यान शैलीको जीपलाईनको मज्जा लिएका हुन् ।

विद्यालयको भवन उद्घाटन कार्यक्रमको सन्र्दभमा पर्वत आइपुगेका तिमिल्सीनाले साहसिक खेल जीप लाईनको मज्जा लिएका थिए । उनले पर्यटन प्रवद्र्धनका लागि साहसिक खेलहरु अवको विकल्प रहेको भन्दै यस्तो खेलहरुको माध्यमबाट देशमा प्रसस्त पर्यटकहरु भित्राउन सकिने धारणा राखे ।

पर्वतको कूश्मा बजारको चाक्लेको डिलमा स्थापना गरिएको उक्त जीपलाईन कालिगण्डकी नदीको खोँच हुँदै अघि बढ्छ । कम्पनीले कुश्मा नगरपालिका–५ चाक्लेडिलदेखि १४ सय मिटर पर कालीगण्डकी नदी किनारमा रहेको साउने बगरमा ल्यान्ड’ हुने जिपलाइनको ब्यवसायीक रुपमा सञ्चालन गरेको छ ।

कम्पनीका सञ्चालक राजकुमार बस्नेतका अनुसार १४ सय ८० मिटरको दूरी पार गर्दा कालीगण्डकी नदीलाई २ पटकसम्म क्रस गर्न सकिन्छ । बस्नेतका अनुसार २ जनाले एकै पटकमा जीप लाईनको मजा लिनसक्छन् । अमेरिकन कम्पनी हेड रुसको जिप्सट ब्रेकिङ सिस्टमलाई पहिलो पटक प्रयोग गरेर कम्पनीले जीप प्लाईनको शुरुवात गरेको हो ।

जीपलाईनमा प्रयोग भएका सवै सामाग्रीहरु अमेरिकन कम्पनी हेड रुसको रहेका छन् । पूर्ण सुरक्षित मानिएको उक्त जीपलाईनमा प्रयोग भएका सामाग्रीहरु क्षमता १७ टनसम्मको प्रमाणित क्षमता रहेको कम्पनीका सञ्चालक सुनिल बाँनियाले जानकारी दिए ।

तिमिल्सीनाले आजै सोहि कम्पनीले शुरुवात गरेको सिसै सिसाको आकाशे पुल अर्थात स्काई व्रिजको औपचारिक शुरुवात गरेको थिए ।