Print

पर्वतमा ३२ हजारले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

१० भदौ, पर्वत । जिल्लामा ३२ हजार ३ सय ९५ जनाले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना विरुद्धको दुवै डोज खोप लगाउनेको संख्या ३२ हजार नाघेको हो । जिल्लामा हालसम्म दोस्रोसंगै पहिलो डोज मात्र लगाएकाको संख्या ३७ हजार ८ सय ५९ जना रहेको छ ।


जिल्लामा रहेका ७ वटा पालिकाहरुमा खोप लगाउने अभियान सञ्चालन गर्दा कुल जनसंख्याको झण्डै २० प्रतिशतले मात्र अहिलेसम्म खोप लगाएका छन् । जिल्लामा पछिल्लो तथ्यांक अनुसार १ लाख ४७ हजार जनसंख्या रहेको छ । यो तथ्यांकलाई आधार मान्दा कुल जनसंख्याको जम्मा २० प्रतिशतले पूर्ण खोप पाएका छन् भने २५ प्रतिशत जनसंख्याले पहिलो डोज सहितको खोप लगाएका छन् ।


स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पर्वतमा भेरोसिलको दुवै डोज ७४ प्रतिशतल लगाएका छन् । यसै गरी कोभिसिल्डको दुवै डोज ९८ प्रतिशतले लगाएका छन् । हालसम्म पर्वतमा कोभिसिल्ड, भेरोसिल्ड, जन्सनएण्ड जन्सन र एक्ट्रा जोनिक खोप लगाइएको छ ।