Print

‘एमाले विभाजनको पक्षमा कोहि पनि नलागौं’

८ भदौ, पर्वत । नेकपा एमाले जिल्ला कमिटि पर्वतका अध्यक्ष एवम् संघीय सांसद पदम गिरीले विभाजनमा नलाग्न पाटीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेकपा एमाले कुश्मा नगरकमिटिको वैठकलाई सम्बोधन गर्दै नेता गिरीले विभाजनमा नलागेका तर एमालेका असन्तुष्ट सवै नेता कार्यकर्ताहरुलाई उचित जिम्मेवारी प्रदान गरिने बताए । उनले पूर्ववत अवस्थाका सवै जिम्मेवारीमा फर्काएर पाटीलाई गतिशिल बनाउने गरी पाटीले कार्य योजना निर्माण गर्ने समेत घोषणा गरे ।

सांसद गिरीले पार्टीका ईमान्दार कार्यकर्ताको रगत पसिना र वलिदानीबाट हुर्किएको पार्टी नेकपा एमालेमा अराजक भिडको भने कुनै अर्थ नरहेको बताए ।

उनले पार्टी जीवनका विभिन्न गतिविधिहरुमा क्रियासील बनाउन सक्रिय र क्रियाशिल कार्यकर्ताहरुको खाँचो रहेको भन्दै विभाजन उन्मुख गतिविधि पाटी हित विपरित हुने तर्क गरे । उनले विधि र पद्धतिको चर्को रटान गर्नेहरुलेनै विपक्षीलाई सत्ता सुम्पिने र पार्टीको हुर्मत लिने काममा अभ्यस्त रहेको कुरा स्मरण गराउँदै पार्टी भित्र पछिल्लो समय सृजीत घटनाक्रमहरुको इतिहासले निर्मम समीक्षा गर्ने बताए ।

एमाले पार्टी कार्यालय कुश्मामा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य बिकास लम्साल, प्रदेश कमिटी सदस्यहरु मनोहर वि पौडेल , मेघनाथ सुवेदी , देवेन्द्र पाण्डे लगायत अतिथिहरुले मन्तब्य राखेका थिए । बैठकमा जिल्ला कमिटी उपसचिव गोविन्द पहाडीले जिल्ला पार्टी निर्देशन साथै भावि कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा नगर कमिटी सदस्यहरु साथै नगरपालिकाका १४ वटै वडाका नेताहरुको प्रतिनिधित्व रहेको थियो ।

कुश्मा नगर कमिटीका अध्यक्ष मीन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव गणेश पौडेलले गरेका थिए ।