Print

ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने कथित नागरिक अगुवाहरु अहिले कहाँ छन् ? : सांसद गिरी

१ भदौ, पर्वत । तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशहरु जारी गर्दा विरोध गर्ने नागरिक अगुवा र बुद्धिजीविहरु अहिले मौन बसेकोमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद पदम गिरीले आश्चर्य मानेका छन् । प्रतिनिधि सभाका सांसद गिरीले दल विभाजन सम्बन्धि अध्यादेश आउँदा केपी ओलीले अध्यादेश फिर्ता लिएको स्मरण समेत गरेका छन् ।

उनले त्यो बेलामा लोकतन्त्र मास्न, राजनैतिक अस्थिरता निम्ताउन अध्यादेश आएको भन्ने कथित बुद्धिजीव, नागरिक अगुवा अहिले देउवा सरकारले ल्याएको अध्यादेशको विषयमा भने मौन रहेको उल्लेख गरेका छन् । देउवा सरकारले २० प्रतिशतको थ्रेसहोल्ड राखेर अध्यादेश ल्याउँदा पनि त्यसको विरोध नगर्ने नागरिक समाजका अगुवा प्रति गिरीले रोष्ट प्रकट गरेका छन् ।

उनले तत्कालीन अवस्थामा राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न दबाब दिनेहरु अहिले भने मौन बसेको भन्दै आक्रोस समेत ब्यक्त गरेका छन् । नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष समेत रहेका गिरीले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्नु भन्न नसक्ने बुद्धीजिविहरुलाई डलरको खेती गर्नेको संज्ञा दिएका छन् । सांसद गिरी पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्