Print

कुश्मामा युवा संघको राँके जुलुस, नेपाल प्रहरी र शसस्त्र प्रहरीको हस्तक्षेप

१ भदौ, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संगठनले राँके जुलुस प्रदर्शन गरेको छ । देउवा सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको विरुद्धमा युवा संघले सदरमुकाम कुश्मा बजारमा जुलुस प्रदर्शन गरेको हो ।

जिल्ला पाटी कार्यालय कुश्मा बजारबाट निस्केको राँके जुलुस मैत्री चोक, धनेश्वर चोक हुँदै शिवालय चोकमा पुगेको थियो । पाटी कार्यालयबाट निस्केको जुलुस माथि भने प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले जुलुस नियन्त्रण गर्न नसकेपछि शसस्त्र प्रहरी समेत परिचालन गरिएको थियो । यस अघि जुलुस धर्ना तथा आन्दोलनहरुमा नेपाल प्रहरीले सुरक्षा दिदै आए पनि आजको राँके जुलुसमा शसस्त्र प्रहरीले समेत जुलुस माथि हस्तक्षेप गरेको थियो ।

उता प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले भने कोभिडको सुरक्षा र अन्य सुरुक्षाको ‘ब्याकमा’मा मात्र शसस्त्र प्रहरी परिचालन हुने गरको भन्दै आजको जुलुस नियन्त्रण गर्न शसस्त्र परिचालन भएको विषयमा अनविज्ञता जनाईन् ।

जुलुसमा सहभागी युवाहरुले भने देउवा सरकारले दमनको नीति लिएको भन्दै प्रहरी हस्तक्षेपको विरोध गरेका थिए ।

हातमा राँको लिएका युवा संघका कार्यकर्ताहरु शिवालय चोकमा पुगेर सक्षिप्त कोण सभा गरेका थिए । कोण सभामा युवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले सम्बोधन गर्दै युवाहरुको आन्दोलनमा परामेशवाला सरकारले निरन्तर हस्तक्षेप गरे जनआन्दोलनको आँधी ल्याउने बताए । उनले एमाले दललाई लक्षित गरेर सरकारले चोरबाटो बाट ल्याएको अध्यादेश गलत रहेको भन्दै एमाले एक ढिक्का देख्न नसक्नेहरु अध्यादेशको पछि लागेको समेत बताए ।