Print

लागु औषधको ट्रान्जिट बन्दै पर्वत, प्रहरी सक्रिय, २ युवा पक्राउ

३२ साउन, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना युवालाई लागू औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट बिशेष सुचनाका आधारमा प्रहरी नायव निरीक्षक मोहन कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले २ जना युवालाई पक्राउ गरेको हो ।

 

 

आज दिउँसो ३ बजेको समयमा जिल्ला पर्वत कुश्मा नपा वडा नं ६ शिवालयचोकबाट जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने २१ बर्षको नेष्टी श्रेष्ठ र कुनपा ८ चुवा बस्ने २० बर्षको एजन नेपालीलाई पक्राउ गरेको हो । उनीहरुबाट गाँजा र अन्य लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागू पदार्थ ओसार पोसार सम्बन्धि सजायका लागि अदालतमा म्याद थप भएको प्रहरीले जनाएको छ ।