Print

पर्वतमै पहिलो पल्ट कुश्मामा सार्वजनिक ब्यायमशाला बन्यो, लक डाउन पछि सुचारु हुने

१८ जेठ, पर्वत । कुश्मा नगरपालिका वडा न ७ ले पर्वतको कुश्मा बजार गोदाममा जिल्लामै पहिलो पल्ट सामुदायिक ब्यायामशालाको निर्माण गरेको छ । वडाअध्यक्ष सुवासचन्द्र पौडेलले कुश्माको गोदाम खेल मैदान परिसरमा सामुदायिक ब्यायमशालाको निर्माण गरेका हुन । लक डाउनको अवधि सकिए पछि सर्वसाधारणका लागि खुल्ला गर्ने गरी अध्यक्ष पौडेलले कुश्मा ७ गोदाममा रहेको खुल्ला चौरको परिसरमा उक्त ब्यायमशालाको निर्माण गरेका हुन ।

स्वास्थ्यका लागि खेल भन्ने कुरालाई मनन् गरेर युवाहरुलाई खेल र ब्यायम प्रति आकर्षित गर्ने वडाको योजना रहेको अध्यक्ष पौडेलको भनाई छ । ब्यायामशालासंगै गोदाम खेल मैदानलाई ब्यवस्थित गर्ने काम समेत भएको छ ।

वडाअध्यक्ष पौडेलका अनुसार झण्डै ५ लाखको लागतमा ब्यायाम शालाको निर्माण गरिएको छ । ब्यायामका लागि आवश्यक औजारहरु खरिद, तारबारको ब्यवस्थापन लगाएतका काममा उक्त रकम खर्च भएको छ । यसैगरी गरी चौरको ब्यवस्थापन समेत गरी खेल मैदानको रुपमा समेत निर्माण गरी थप ५ लाख रकम खर्च गरिएको छ ।
लक डाउनको अवधिमा ब्यापाम र खेल मैदान प्रयोगमा प्रतिबन्द लगाइएको वडाअध्यक्ष पौडेलले जानकारी दिए । लक डाउन लगतै स्थानीय युवा क्लबलाई ब्यापामशालाको जिम्मा लगाएर विहान र बेलुकाको समयमा ब्यायामशाला खुल्ला गरिने वडाअध्यक्ष पौडेल बताउँछन् । ब्यायामशालामा युवाहरुको आकर्षण धेरै रहेको र अधिकांश युवाहरुले सामुदायिक ब्यायामशालाको समेत माग गरेका कारण आफूले यस्तो अवधारणा ल्याएको अध्यक्ष पौडेले जानकारी दिए ।