Print

पर्वत जिल्ला घर हुनेहरु काठमाण्डौंमा समस्यामा परे यी नम्बरमा सम्पर्क गर्नुहोस्..

५ वैशाख, पर्वत । सरकारले घोषणा गरेको लक डाउनका कारण धेरै नागरिकले दुःख र सास्ती बेहोरेका छन । कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले गरेको लक डाउनले मुख्य गरी विपन्न परिवार समस्यामा छन ।

पर्वत जिल्ला देखि संघिय राजधानी काठमाण्डौंमा रहेकाहरु कोहि समस्या परे उनीहरुलाई सहयोग गर्ने गरी केहि ब्यक्तिहरु स्वयम्सेवि रुपमा तयार भएका छन ।

आज एउटा अपिल जारी गर्दै समस्या परेकाहरुलाई सहयोग र समन्वय गरिने भएको हुँदा सम्पर्क गर्न अनुरोध गरिएको हरीहर पोख्रेलले जानकारी दिए ।

धेरै जिल्लाका मानिसहरु काठमाण्डौंमा रहने र विपद्का बेलामा समस्या पर्ने गरेका छन ।

पर्वत जिल्लाबाट पनि ठूलो संख्यामा पर्वतबाट काठमाण्डौमा बसोबास गर्नेहरु छन । उनीहरुलाई लक डाउनका कारण समस्या परेमा आफूहरुलाई सम्पर्क गर्न आग्रह गरिएको पोख्रेलले बताएका छन ।