६ वैशाख, पर्वत । जिल्लामा थप ८७ जनाको ¥यापिड डाइगोनिष्ट टेष्ट गरिएको छ । यस अघि कुल २ सय ४३ जनाको टेष्ट गरिएकोमा विगतेका ३ दिनमा थप ८७ जनाको परिक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म भारतबाट आएका र तेस्रो मुलकबाट आएका ३ सय ९८ जनाको कोरोना परिक्षण गरिएकोे स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
कोभिड–१९ भाइरस संक्रमीतका सम्भावित ब्यक्तिहरुको स्थानीय तहले तयार गरेको सुचि अनुसार उनीहरुको परिक्षण गरिएको हो ।
हालसम्म पर्वतमा कुल ६८ जनाको थ्रोड स्वाब मार्फत परिक्षण गरिएको छ भने ३ सय ३० जनाको ¥यापिड डाइगोनिष्ट टेष्ट मार्फत परिक्षण गरिएको निर्देशनालयले जनाएको छ । हालसम्म परिक्षण गरिएका सवैमा रिर्पोट नेगेटिभ देखिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्देशनालयका अनुसार हालसम्म कुल २० जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।




