Print

बागलुङकी ६५ बर्षिया कोरोना संक्रमित महिलाको तेस्रो रिर्पोट नेगेटिभ

४ वैशाख, बागलुङ । जिल्लाको दोस्रो तथा नेपालको छैठौ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षणमा संक्रमण नभएको पाइएको छ ।

कोरोना संक्रमण भए पछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए । ती महिलाको यसअघि गरिएको दोस्रो स्वाब भने पोजेटिभ आएको थियो ।