Print

‘दुुर्लुङमा गाउँ प्रवेश निषेध’

४ चैत, पर्वत । वितेको २४ दिन देखि देश भर लक डाउनको घोषणा गरिएको छ । आधारभूत मानवव अधिकारको हनन् नहुने गरी सरकारले लक डाउनको घोषणा गरेको छ । केहि विकसित राष्ट्रहरुले पूर्ण रुपमा लक डाउन घोषणा नगरे पनि नेपालमा पूर्ण रुपमा लक डाउनको घोषणा गरिएको हो । चिनको वुहान शहरबाट फैलिएको कोभिड–१९ नामक भाइरसले अहिलेसम्म विश्व भर १ लाख ३० हजार भन्दा बढि मानिसको मृत्यु भईसकेको छ । ज्यान गुमाउनेको संख्या भन्दा निको हुनेको संख्या भने उच्च देखिन्छ यद्यपि हालसम्म भाइरसको औषधि पत्ता नलागेका कारण यसलाई महामारीको रुपमा लिइएको छ ।

कोरोना रोकथामका लागि नेपालीहरुले आफ्ना अधिकांश मौलिक हकहरु गुमाएका छनन । हिडडुल गर्न पाउनु संविधानले तोकेको अधिकार भए पनि त्यो हक प्रयोग गर्दा महामारीले विकराल रुप लिने भए पछि ति हक यतिबेला कुण्ठित भएका छन । विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्नु एक मात्र रोकथामको विकल्प रहेको जनाएको छ । त्यहि विकल्प नेपालीलाई प्रयोग गर्न सरकारले आग्रह गरेको छ । त्यो आग्रह अधिकांश नेपालीले भने सहज रुपम स्विकार गरीरहको छन । केहि यस्ता गाउँहरु छन जहाँ प्रवेश पूर्ण रुपमा निषेध गरिएको छ । केहि गाउँहरुमा गाउँ प्रवेशका नाकाहरुमा तारबार लगाइएको छ । झोलुंगे पुलहरुमा आवगमन बन्द गरिएको छ ।

केहि ठाउँमा घोषित रुपमा घरमा पाहुनाहरु नआउन आग्रह स्थानीयले गरीरहेका छन । दुई मानिस वीच निकट सम्पर्क हुँदा साथ त्यसले रोग सार्ने सम्भावना अधिक हुने भएका कारण सामाजिक दुरी कायम गरी आप्mनै घरमा बस्नु रोग नियन्त्रणको मुख्य उपाग हो । यो प्रयासमा पर्वतको कुश्मा नगरपालिका वडा न ३ को दुर्लुङ स्थित एउटा बस्तिमा भने एउटा फरक नियम बनाइएको छ । सरकारले लक डाउन गर्नु पूर्व नै गाउँमा पाहुना नआउन आग्रह गरेको दुर्लुङको चनौट पहिलो गाउँ हो ।

‘हामीले होम स्टे पनि चलाएका छौं’ स्थानीय गोलमान गुरुङ भन्छन–‘कोरोनाको संक्रमण नफैलियोस भनेर लक डाउन पूर्व नै होम स्टेको सेवा बन्द भएको घोषणा गरेका थियौ’ सामुदायिक होम स्टेको सुविधा भएको गाउँमा लक डाउन पछि पनि विदा मनाउन जस्तो गरी केहि मानिस आउन खोजेको गुरुङको अनुभव छ । उनले सार्वजनिक छुट्टी जस्तो गरी गाउँ डुल्ने सम्भावना भएका कारण पनि गाउँ प्रवेशमा निषेध गरिएको बताउँछन । दुर्लुङमा क्यानोनिङको सुविधा पनि छ ।

आन्तरीक पर्यटकहरु त्यस तर्फ पनि आउन सक्ने भएकाले पनि गाउँमा नआउन स्थानीयले आग्रह गरेका हुन । यो अभियान अहिले दुर्लङका अरु बस्तीहरुमा पनि शुरु भएको छ । तारे भिर सामुदायिक वनले गाउँ पस्ने नाकामा पहरा दिने काम गरेको छ । घरधुरीको पालो बाँडेर गाउँमा अनाश्यक मानिसको प्रवेशमा उनीहरुले रोक लगाएका छन । ‘विरामी भएकाहरुलाई मात्र गाउँ छोड्ने सुविधा छ’ स्थानीय याम पौडेल भन्छन–‘घुमघामका लागि हिडनेको दर शुन्य बनाइएको छ ।’
दुर्लुङ गाउँले गरेको अभ्यास अरु गाउँहरुमा पनि केहि साता मात्रै गर्ने हो भने संक्रमण फैलने सम्भावना ज्यादै न्यून हुने देखिन्छ । संक्रमण रोक्ने जिम्मेवारी सरकारको मात्र होइन् स्थानीय नागरिकले पनि साथ दिएको खण्डमा कोरोना जोखिम नेपालका लागि कम गर्न सकिन्छ ।

तारेभीर सामुदायिक वनले बनाएको सेन्ट्री । जहाँ पालो गरी स्थानीयले पहरा दिएका छन ।