Print

घरमै बसेर “लक डाउन”को पालना गर्न पर्वतबासीलाई सांसद गिरीको अनुरोध

१६ चैत, पर्वत । कोरोना संक्रमण पछिल्लो समयमा बढ्न थालेको छ । विदेशबाट फर्केका नेपालीहरुमा त्यो संक्रमण देखिन थालेपछि त्यसको बृद्धिदर बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

यसैक्रममा पर्वतका प्रतिनिधि सभा सदस्य पदम गिरीले  सामाजिक सञ्जाल मार्फत पर्वतबासीलाई घरमै बसेर सरकारको निर्णयलाई सहयोग गर्न अनुरोध गरेका छन । उनले कोरोना संक्रमण रोकथामको पहिलो कडी नै घरमा बस्नु रहेको भन्दै घरमा नै बसेर कोरोना विरुद्धको लडाईमा साथ दिन पर्वतबासीलाई अनुरोध गरेका हुन ।

पर्वतको जनप्रतिनिधि भएको हैसियतले कोरोना अस्पताललाई सुविधा सम्पन्न र प्रभावकारी बनाई सेवा प्रवाह गर्ने तथा वडाहरुमा क्यावरेन्टाइनको निर्माण गर्ने कार्यमा  निरन्तर लागि रहेको समेत उनले बताएका छन ।

पछिल्लो दिनमा संक्रमण बढ्दै जाने तथा सर्वसाधरणहरु सडकमा हिडडुल गर्न नछाड्ने प्रबृत्ति बढ्दै जाँदा कोरोना रोकथाममा समस्या सृजना हुने भन्दै सांसद गिरीले अत्यावश्यक बाहेक घरबाहिर कोहि पनि ननिस्कन आब्हान गरेका हुन ।

यस अघि सम्भवत देशमै जनप्रतिनिधिको तर्फबाट पहिलो पल्ट आफ्नो ३ महिना बराबरको तलब पर्वत जिल्ला अस्पताल मार्फत कोरोनाका विरामीको उपचारका लागि प्रदान गर्ने सांसद गिरीले घोषणा गरेका थिए । सांसद गिरीले यस अघि पर्वत जिल्ला अस्पतालको अनुगमन तथा निरिक्षण गरी कोरोनाबाट प्रभावित विरामीहरुको उपचारको पद्धतिलाई ब्यवस्थित गर्न अस्पताललाई अनुरोध समेत गरेका थिए ।

गिरीकै पहल अगुवाईमा पालिका स्तरीय प्रमुखहरुको वैठक बसी कोरोना नियन्त्रण र रोकथामका लागि जिल्ला स्तरीय विशेष कार्य योजना समेत निर्माण भएको छ ।

सांसद गिरीद्धारा पर्वत जिल्ला अस्पतालको अनुगमन, कोरोना विरुद्धको तयारी तत्काल गर्न निर्देशन

कोरोना भाइरस विरुद्ध जनचेतना जगाउँदै सांसद गिरी घरदैलो अभियानमा

अर्थ समितिको वैठकमा सांसद गिरीले भने–‘कोरोनाका कारण विमा कम्पनी पछि हट्नु भएन’

पर्वतमा आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

कोरोना नियन्त्रणका लागि सांसद गिरीको सहित ७ पालिकाका प्रमुखहरुको वैठक कुश्मामा