९ चैत, काठमाण्डौं । नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् ।
नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका छन् ।
सांसद् गिरीले आइसोलेसन वार्ड तथा उपकरण तथा अन्य अत्यावश्यक सामग्री संकलनका लागि सहयोग कोषसमेत बनाउने बताएका छन् । सो कोषमा देश विदेशमा रहेका जिल्लाहरूले सहयोग गर्ने र जिल्ला अस्पतालले आइसोलेसन वार्डको व्यवस्थापन गर्ने उनले बताएका छन् ।
गिरीले विज्ञप्तिमा भनेका छन्– सहयोग कोषको व्यवस्थापन जिल्ला अस्पताल पर्वतले गर्ने र अनुगमन, नियमित र प्राप्त सहयोगको संयोजन जिल्ला
समन्वय समिति, जिल्ला प्रशासनिक कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाइने छ ।
उनले यस कार्यमा सघाउन स्थानीय तहका जनप्रतिनिधि र देश विदेशमा रहेका सबैलाई आह्वान समेत गरेका छन् । उनले सर्वसाधारणलाई सरकारले जारी गरेका सूचनामा मात्र विश्वास गर्न र सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।
यस अघि गिरीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेका थिए । जिल्ला अस्पतालको अनुगमन गर्दै गिरीले तत्काल आइसोलेसन वार्ड तयार गर्न अस्पतालाई निर्देशन समेत दिएका थिए । सांसद गिरीको निर्देशन पछि अस्पतालले ३ शैयाको आइसोलेसन वार्डको तयारी गरेको छ ।
औषधि र सुरक्षणयुक्त औजारहरुको अभाव हुन नदिन सांसद गिरीले प्रदेश र संघ सरकारसंग समेत अनुरोध गरी ति सामाग्रीहरुको उपलब्धता गराउने अनुगनको अवसरमा प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सांसद गिरीद्धारा पर्वत जिल्ला अस्पतालको अनुगमन, कोरोना विरुद्धको तयारी तत्काल गर्न निर्देशन




