१६ चैत, पर्वत ।कोराना अस्पताल पर्वतमा राखिएका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ ।
कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा आइतबार नेगेटिभ रिर्पोट आएको पर्वत अस्पतालका निमिक्त सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले जानकारी दिए ।
उनलाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालमा राखेर स्वाब परिक्षणका लागि पठाइएको थियो । उनी बागलुङ्ग जिल्लामा घर भएपनि कुश्बजारमा आफन्तको घरमा बस्दै आएका थिए ।
पर्वत कोरोना अस्पतालमा रहेकी पर्वतकी एक महिलाको भने रिर्पोट आएको छैन ।




