२६ जेठ, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र महाशिला गाउँपालिका र पैयू गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसंग जोड्ने सडक लुंख–हुवास सडक कालोपत्रेका लागि टेण्डर आब्हान भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सडक कालोपेत्रका लागि टेण्डर आब्हान गरेको हो ।
कुश्मा देखि फलेवास लुंखु हुँदै दक्षिणी क्षेत्र हुवास जोड्नका लागि साविक जिल्ला विकास समितिले यस अघि न निर्णय गरे पनि सडकका विभिन्न खण्डहरुका काम भईरहे पनि लुंख–हुवास सडक खण्डको कालोपत्रेका लागि काम शुरु हुन सकेको थिएन । यस अघि दोविल्ला देखि साइकलचोक हुँदै मुडिकुवा सडक कालोपत्रेको काम शुरु भएको थियो । उक्त सडक खण्डको घोएन्यउला देखि मुडिकुवा ढिक भने बजेट अभावमा कालोपत्रेको काम रोकिएको छ । उक्त खण्डको पुनः टेण्ड आब्हान गरी पूर्वाधार कार्यलयले कालोपत्रेको काम अघि बढाउदैछ ।
सडक खण्डको मुडिकुवा देखि लमायखोलासम्मको कालोपत्रे भने सम्पन्न भएको छ । लमायखोला देखि लुंखु सडक खण्डको कालोपत्रेको काम भइरहेको छ । बाँकी रहेको लुंख देखि हुवासम्मको सडक कालोपत्रेका लागि टेण्डर आब्हान भएको ग्रामीण सडक सञ्जाल आयोजना पर्वतका प्रमुख विजय राना मगरले जानकारी दिए ।
मगरका अनुसार सडक कालोपत्रेका लागि कुल ५० करोड ५६ लाख २८ हजार लागत लाग्नेछ । यो रकम म्याट सहितको हो । टेण्डर स्विकृत भई निर्माण ब्यवसायीसंग सम्झौता भएपछि बढिमा २ बर्षमा निर्माण कार्य सकिने मगरको भनाई छ । कुल १४ दशमलब ९ सय मिटरको उक्त सडक खण्डमा कालोपत्रे हुनेछ ।
सडक खण्डमा पर्ने दुई वटा बर्षे खोलाहरुमा मोटरेवल पुल निर्माण हुने भएकाछन । मोटरेवल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले काम शुरु गर्दैछ । कार्यालयका प्रमुख दयाराम अधिकारीले दुई वटा छोटो दुरीका मोटरेवल पुल निर्माणको लागि टेण्डर आब्हान भईसकेको जानकारी दिए । सडक निर्माण सम्पन्न हुँदा दक्षिणी क्षेत्रको यात्रा थप हुनेछ ।
कुश्मा देखि फलेवास लुंख हुँदै हुवासम्मको सडक पुरा हुँदा कुश्मा देखि बुटवल, सुनौली, पाल्पासम्मको यात्राका लागि पोखरा स्याङजा सडकको वैकल्पिक सडक समेत बन्नसक्नेछ । दुरीको हिसाबले कुश्मा देखि पोखरा हुँदै बालिङ पुग्दा झण्डै १ सय ३० किलोमिटर दुरी पार गनुपर्छ । एता, कुश्मा–लुंख–हुवास सडक सम्पन्न हुँदा झण्डै ४० किलोमिटरमा हुवास र बाँकी २० किलोमिटरमा बालिङ पुग्न सकिनेछ ।
अर्थ वीट साप्ताहिकबाट




