२१ जेठ, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमु्ख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । झण्डै ढेड बर्षको कार्यकाल पछि सिडिओ ढकालको कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको हो ।
पर्वतमा नयाँ सिडिओको रुपमा रुपन्देही जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे खनाल आउने भएकी छिन । गृह मन्त्रालयले देशका २६ जना सिडिओको सरुवा गरेको हो । गृह मन्त्रालयले २६ जना सह सचिव र उप सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।




