Print

‘अपराध नियन्त्रण पहिलो दायित्व’–डिएसपि अर्याल

२ चैत्र, पर्वत । जिल्लामा भरखरै सरुवा भएर आएका प्रहरी प्रमुख श्यामु अर्यालले अपराध नियन्त्रण आफ्नो पहिलो दायित्व रहेको बताएका छन । सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजीत पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक अर्यालले प्रहरीको पहिलो काम अपराध नियन्त्रण गर्ने रहेको हुँदा जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न आफ्नो विशेष सक्रियता रहने बताएका हुन ।

यस अघि पनि प्रहरी निरिक्षकको भूमिका पर्वतमा निर्वाह गरीसकेका प्रहरी नायव उपरिक्षक अर्यालले यस अघिका अनुभवका आधारमा थप केहि कार्य योजनाहरु समेत सम्पन्न गर्ने गरी आफ्नो कार्यकाल वित्ने बताए । उनले पर्वत जिल्ला लागु पदार्थको ट्रान्जिट प्वाइट रहेको उल्लेख गर्दै नदी जन्य वस्तुको उत्खनन्को विषय र शान्ति सु–ब्यवस्था कायम गर्ने कुरामा आफ्नो विशेष भूमिका रहने बताए ।

पुराना अनुभवहरुलाई सिकाईको रुपमा लिदै प्रहरी प्रशासन र नागरिकको सहकार्यमा हुनसक्ने अपराध रोकथामका उपायहरु अवलम्बन गर्नमा आफूले ध्यान दिने बताउदै अर्यालले अपराध नियन्त्रणमा नागरिक समुदायको पनि साथ रहनुपर्ने धारणा राखे ।

यस अघि प्रहरी प्रमुख भुवनेश्वर तिवारीको काज सरुवा भएपछि अर्याल पर्वत प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन ।