२ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङको हलहलेमा परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । बर्षातसंगै परेको चट्याङबाट २२ बर्षिया तारादेवी पुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार सोमबार साँझ ८ बजेको समयमा चट्यााङबाट घाइते भएकी पुनको उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटो मृत्यु भएको हो ।
अस्पतालले मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ । चट्याङबाट गाउँमा थप क्षति भएको बारेमा विवरण आउन बाँकी रहेको छ ।




