Print

कुश्मामा बन्यो अर्कोे अग्लो झोलुगे पुल

पर्वत, १४ पुस । नेपालकै अग्ला र लामा पुलै पुलहरुको सहर बन्दै गएको पर्वतको कुस्मामा फेरि पनि अर्को झोलुङ्गे पुलले चर्चा पाएको छ ।

कुश्माबजारमा  अर्को पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । कुश्माको खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने अग्लो र लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पुलको स्टिल डेक बिच्याउने काम अन्तिम चरणमा पुगेको बताइएको छ । कुल ३ सय ५९ मिटर लम्बाई रहेको सो पुलको उचाई मोदी खोलाको किनारदेखि १ सय २८ मिटर रहेको छ ।

यस झोलुङ्गे पुलको निर्माणले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने स्थानीयले विश्वास लिएका छन । यो कुश्माको लागि चौथौ अग्लो झोलुगे पुल हो । यस अघि कुश्मा–ज्ञादी, बडागाउँ–मुडिकुवा र कुश्मा–कैया झोलुगे पुल निर्माण भईसकेका छन । अग्लो स्थानको बञ्जि जम्प पनि कुश्मामै निर्माणधिन अवस्थामा छ । यसैगरी कुश्मा देखि बलेवासम्मको यान्त्रिक तुईन पनि सञ्चालनमा छ ।