१४ पौष, पर्वत । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्ला अस्पतालको परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलको प्रमुख आतिथ्यता र पर्वत जिल्ला अस्पतालका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको पहिलो दिनको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, डाक्टर तथा स्पतालको कर्मचारी परिवारको सहभागिता रहेको थियो ।
अस्पताल सरसफाई कार्यक्रम आगामी महिनादेखि महिनाको पहिलो शुक्रवार बिहान ७।३० बजे सञ्चालन गर्ने निर्णय भएको समेत जानकारी गराईएको थियो ।
पहिलो दिनको सरसफाईमा अस्पताल परिसर सरसफाई गर्नुका साथै एउटा फुल बंगैचा निर्माण गर्ने काम सम्पन्न भएको छ । समुदायमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गरेको प्रहरीले जिल्ला अस्पतालमा सरसफाईको कार्यक्रमको ब्यवस्थापन गरेको हो ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पहाडीले सरसफाई कार्यक्रम निरन्तर चलिरहने बताएका छन ।




