Print

खोलापारी नाँचगान गरे, खोलावारी आँशु झरे

गजल

हेर्दा छुट्टै भेष थियो, चाहा थियो रहर थियो
पराईको डोली चढ्दा, तिम्रै बेग्लै शहर थियो

खोला पारी नाँचगान गरे, खोलावारी आँशु झरे
अव तिमी पराई भन्ने, मेरो मनको ठहर थियो

खोला सुक्यो पानी छैन, सिँचाईको अभाव भयो
तिम्रो मनको मझेरीमा, दाम्पत्यको नहर थियो

भेटिएको पल भन्दा, छुट्ने पिडा स्मरणमा
अन्तिम पटक कुरा हुँदा, कति मिठो प्रहर थियो

गणेश गिरी, पर्वत